सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि मछिन्द्रलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2022 | 03:12:49 PM मा प्रकाशित

laxmi  sunrise bank

२ खेल अगावै मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगीताको उपाधि जितेको छ । बुधबार दशरथ रंगाशालामा भएको खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरमा पराजित गर्दै मछिन्द्रले उपाधि जितेको हो ।

मछिन्द्रले गत सिजन पनि उपाधि जितेको थियो ।

आजको जितमा अजरवैजानी खेलाडी नुर्लान नोभ्रूजोभले खेलको ५३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । 

जितसँगै मछिन्द्रले ११ खेलमा अपराजित रहँदै २९ अंक जोडेको छ । दोस्रो स्थानको मनाङले बाँकी ३ खेल जितेर अंक बराबरी गरेपनि हेड टु हेडका आधारमा मछिन्द्र नै च्याम्पियन बन्नेछ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved