आईसीसी वरीयतामा दिपेन्द्रले भारतका शिखर धवनदेखि ऋषभ पन्तसम्मलाई उछिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2022 | 06:19:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय क्रिकेट टिमका दिपेन्द्रसिंह ऐरीले ओमानमा देखाएको प्रर्दशनका कारण अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको वरीयतामा छलाङ मारेका छन् । 

आईसीसीले बुधबार सार्वजनिक गरेको टी–२० ब्याटर वरीयतामा उनी ५२ औँ स्थानमा परेका छन् । उनी पहिलो पटक वरीयताको १ सयभित्र अटाउँदा लामो छलाङ मारेका हुन् । 

ओमानमा सम्पन्न ४ देशीय क्रिकेट श्रृंखलामा दिपेन्द्रले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले पहिलो खेलमा ७३ रन बनाए भने दोस्रो खेलमा ४१ र तेस्रो खेलमा २८ रन बनाए । 

दिपेन्द्रले आईसीसी वरीयतामा भारतका ओपनर ब्याटर शिखर धवन, विस्फोटक ब्याटर ऋषभ पन्तलाई समेत पछि पारेका छन् । त्यतिमात्र होइन, विश्वकै उत्कृष्ट टी–२० विशेषज्ञ ब्याटर वेष्टइण्डिजका कइरन पोलार्डसमेत दिपेन्द्रभन्दा पछि परेका छन् । 

आईसीसी वरीयतामा नेपालका दिपेन्द्र र कुशल भुर्तेल १०० भित्र अटाएका छन् । भुर्तेल ६५ औँ स्थानमा छन् । 

ओमानमा रहेको नेपाली क्रिकेट टिमले अब आईसीसी विश्वकप टी–२० क्रिकेटको छनोट प्रतियोगिता खेल्दैछ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved