कसिलो बलिङसँगै ओमानमाथि नेपालको शानदार जित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2022 | 02:53:00 PM मा प्रकाशित

laxmi  sunrise bank

ओमानमा जारी आइसिसी विश्वकप छनोट क्रिकेट अन्तर्गत ग्लोबल क्वालिफायरमा नेपालले ओमानमाथि सानदार जित निकालेको छ । 

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओमानमाथि ३९ रनको जित हासिल गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ११७ रनको झिनो योगफल तयार पारेको थियो । तर, बलिङ बलियो हुँदा नेपालले सानदार जित निकाल्दै छनोट प्रतियोगीतामा उत्कृष्ट सुरुवात गरेको हो ।

११८ रनको विजयी लक्ष्य पछ्याएको ओमान ७८ रनमा अल आउट भयो ।

ओमानलाई १७ ओभरमै अलआउट गर्न नेपालका लागि कमलसिंह ऐरीले ३ ओभरमा १५ रन दिएर ३ विकेट लिए ।

जितेन्द्र मुखियाले ३ ओभर बलिङ गर्दै ९ रन दिएर १ विकेट लिए भने सन्दिप लामिछाने र दिपेन्द्रसिंह ऐरीले समान २/२ विकेट लिए । अविनाश बोहराले १ विकेट लिए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved