दीपेन्द्र र कुशलको नयाँ कीर्तिमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2022 | 01:56:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय टिमका युवा ओपनर कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा उत्कृष्ट शतकीय साझेदारीका साथ फिलिपिन्सविरुद्ध नयाँ कीर्तिमान कायम गरेका छन् । 

ओमानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १८ रन बनायो । ओपनर कुशल भुर्तेलले ६१ बलमा १३ चौका र १ छक्कासहित १ सय ४ रनको अविजित शतकीय इनिङ खेले । दीपेन्द्रसिंह ऐरी ४७ बलमा ६ चौका र ४ छक्का सहित ८३ रनमा आउट भए ।

तेस्रो विकेटका लागि कुशल र दीपेन्द्रले १ सय ७१ रनको शतकीय साझेदारी गरे । जुन नेपाली टि–२० आईमा आजसम्मकै उच्च साझेदारी हो । यसअघि नेपालबाट २०१९ मा सिंगापुरविरुद्ध पारस खड्का र आरिफ शेखले दोस्रो विकेटका लागि १ सय ४५ रनको अविजित शतकीय साझेदारी गरेका थिए । 

विश्व टि–२० आईमा कुशल र दीपेन्द्रको नवौं उच्च साझेदारी हो । तेस्रो विकेटका लागि भएको यो तेस्रो उच्च साझेदारी हो । 

कुशलले ५७ बलमा आफ्नो पहिलो अन्तराष्ट्रिय शतक प्रहार गरेका गरेका थिए । कुशल नेपालबाट टि२० आईमा शतक प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन् । कुशलअघि नेपालबाट २०१९ को १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध ज्ञानेन्द्र मल्लले ५५ बलमा १ सय ७ रनको शतकीय इनिङ खेलेका थिए ।

पारस खड्का २०१९ मा सिंगापुरविरुद्ध ५२ बलमा १ सय ६ रनको अविजित शतकीय इनिङ खेल्दै टि–२० आईमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका थिए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved