विश्वकप छनोटः फिलिपिन्समाथि नेपालको फराकिलो जित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2022 | 03:07:50 PM मा प्रकाशित

laxmi  sunrise bank

आइसिसी टि२० विश्वकप छनोटमा नेपालले फिलिपिन्समाथि फराकिलो जित निकालेको छ । नेपालले विश्वकप छनोट ‘ए’ मा फिलिपिन्समाथि १३६ रनको फराकिलो जित निकालेको हो । 

लगातार दोस्रो जितसँगै नेपालको विश्वकप छनोटको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।

पहिला ब्याटिङ गरेको नेपालले २१८ रानको विशाल योगफल तयार पार्दै फिलिपिन्सलाई २१९ रनको विजयी लक्ष्य दिएको थियो । लल्य पछ्याउँदै ब्याटिङमा आएको फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८२ रन मात्रै बायो । 

फिलिपिन्सका ओपनर ड्यानियल स्मिथले २७ बलमा २ चौकासहित २० रन बनाए । जोर्डन अलेग्रा ३२ बलमा २ चौकासहित २७ रनमा अविजित रहे । कप्तान जोनाथन हिलले २९ बलमा ११ रन बनाए । 

फिलिपिन्सका ओपनर कपिल कुमारलाई दोस्रो ओभरको तेस्रो बलमा जितेन्द्र मुखियाले ४ रनमा नेपालका कप्तान सन्दीप लामिछानेबाट क्याच गराए । नवौं ओभरमा सन्दीपले २ विकेट लिए । नवौं ओभरको पहिलो बलमा ड्यानियल स्मिथलाई आसिफ शेखबाट २० रनमा स्टम्पिङ आउट गराएका सन्दीपले सोही ओभरको अन्तिम बलमा  ह्यारी टेलरलाई १ रनमा बोल्ड आउट गरे । 

११ औं ओभरको दोस्रो बलमा सन्दीपले रिचार्ड गुडविनलाई आसिफबाट शून्यमा स्टम्पिङ आउट गराए । सन्दीप लामिछानेले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । नेपालका अविनाश बोहरा, गुलशन झा, कुशल मल्ल, जितेन्द्र मुखिया र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।

टस हारेर ब्याटिङ थालेको नेपालका लागि ओपनर कुशल भुर्तेल ६१ बलमा १३ चौका र १ छक्कासहित १०४ रनको अविजित रहे । कुशलले ५७ बलमा आफ्नो पहिलो अन्तराष्ट्रिय शतक बनाए । उनी नेपालबाट टि२० आईमा शतक प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन् । 

युवा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी ४७ बलमा ६ चौका र ४ छक्कासहित ८३ रनमा आउट भए । 

तेस्रो विकेटका लागि कुशल र दीपेन्द्रले १७१ रनको शतकीय साझेदारी गरेका थिए । 

नेपाल समूह बी मा २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले हराएको थियो । नेपालले समूह चरणको अन्तिम खेल सोमबार क्यानडासँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा नेपाल समूह विजेताका रुपमा सेमिफाइनल पुग्नेछ । पराजित भएपनि नेटरनरेटको आधारमा नेपालले सेमिफाइनल खेल्ने सम्भावना बढी छ ।

फाइनल पुग्ने दुई टोलीले अष्ट्रेलियामा हुने टि–२० विश्वकप खेल्न पाउनेछन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved