ट्राई सिरिज खेल्न अमेरिका जान लागेको राष्ट्रिय क्रिकेट टोलीको बिदाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2022 | 06:38:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरीएको छ । शनिबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीलाई बिदाई गरेका हुन् । 

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार काठमाण्डौंमा आयोजना गरेको बिदाई कार्यक्रममा खेलाडीहरुलाई बिदाई गर्दै मन्त्री अथकले सफलताको शुभकामना दिएका छन् । 

नेपाली टोली आजै अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ । जसकालागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्सीय नेपाली क्रिकेट टोली अमेरिकाको टेक्सस जान लागेको हो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved