के तपाईलाई थाहा छ, कुनै दिन अमेरिका पनि च्याम्पियन्स ट्रफी खेलेको थियो ? भएको थियो यस्तो हालत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 01, 2017 | 09:09:23 PM मा प्रकाशित

laxmi  sunrise bank

केहि समय यता अमेरिकामा पनि क्रिकेटको प्रोमोशन कार्य तिब्ररुपमा चलेको छ। तर क्रिकेटका फ्यान मध्य थोरैलाई मात्र थाहा होला कि कुनै दिन अमेरिका पनि च्याम्पियन्स ट्रफी जस्तो ठुलो प्रतियोगितामा सहभागी भईसकेको छ। 

सन २००४ मा अमेरिकाको टिम यस प्रतियोगितामा सहभागी भएको थियो। प्रतियोगितामा उसले २ खेल खेलेको थियो तर दुवैमा उसले लज्जास्पद हार बेहोर्न पुग्यो। अमेरिकाको टोलिले यो खेल न्युजिल्यान्ड र अष्ट्रेलिया बिरुद्द खेलेको थियो। अस्ट्रेलिया बिरुद्दको खेलमा अमेरिका ६५ मा रनमा अल आउट भएको थियो।

अष्ट्रेलिया बिरुद्दको खेलमा अमेरिकाको टिम २४ ओभरमा मात्र ६५ रनमा समेटियो। ६५ रनमा पनि १४ रन अतिरिक्त थियो। उक्त खेलमा अस्ट्रियाका बलर जेसेन गिलेस्पी र माइकल कास्प्रोबीचको शानदार बलसामु अमेरिकाको टोलिले घुंडा टेकेको थियो। दुवैले समान ४-४ विकट लिएका थिए। अस्ट्रेलियाले यो खेल ९ विकेटले जितेको थियो। ७ ओभर ५ बलमा अस्ट्रेलियाले १ विकेटको क्षतिमा जित निकालेको हो। उक्त प्रतियोगिता मात्र ३३ मिनेट चलेको थियो।    

सन २००४ को च्याम्पियन्स ट्रफीमा अमेरिकाले आफ्नो पहिलो खेल न्युजिल्यान्ड बिरुद्द खेलेको थियो। यस खेलमा पहिले ब्याटिङ गर्दै न्युजिल्यान्डले ५० ओभरमा ४ विकेटको क्षतिमा ३४७ रन बनाएको थियो। न्युजिल्यान्डका ओपनर ब्याट्सम्यान नाथन एस्टलले नटआउट १४५ रन बनाए। 

३४८ रनको बिशाल स्कोरको सामना गर्न मैदानमा उत्रेको अमेरिकाले १३७ रन मात्र बनाउन सफल रह्यो। अमेरिकाले ४२ ओभर ४ बलमा १३७ रन बनाएको हो।     

अमेरिकाको टोलिमा वेष्ट इन्डिजका क्रिकेटर क्लेटन ल्याम्बर्ट सामेल थिए। ल्यम्बेर्टले सन १९९० मा वेष्ट इन्डिजका लागि अन्तराष्ट्रिय क्रिकेट खेल्न सुरु गरेका हुन। सन १९९० बाट १९९८ सम्म उनले ११ एक दिवसीय र ५ टेस्ट खेले। तर उनले आफ्नो अन्तिम खेल अमेरिकाको लागि खेलेका हुन। यस प्रतियोगितामा न्युजिल्यान्ड बिरुद्दको खेलमा सर्वाधिक ३९ रन बनाए तर दोस्रो खेलमा उनि टिममा अटाएनन। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved