च्याम्पियन्स ट्रफीको फाइनलमा भारत बिरुद्द पाकिस्तानले बनायो नयाँ इतिहास

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 18, 2017 | 09:39:23 PM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानले भारत बिरुद्दको च्याम्पियन्स ट्रफीको फाइनल खेलमा इतिहास रचेको छ। ओपनिङ ब्याट्सम्यान फखर जमानको सेन्चुरी र अजहर अलि मोहम्मद तथा मोहम्मदको अर्धशतकको मद्दतले पाकिस्तानले भारतीय टिम सामु ४ विकेटको क्षतिमा ३३८ रनको ऐतिहासिक लक्ष्य पेश गरेको छ। 

३३८ रनको बिशाल लक्ष्यको साथमा पाकिस्तानले भारत बिरुद्दको पहिलो पारीमा सर्वाधिक स्कोर बनाएको छ। यस अघि पाकिस्तानले ३२९ रनको लक्ष्य दिएको रेकर्ड थियो। पाकिस्तानले भारतलाई ३२९ रनको लक्ष्य दुई पटक दिएको छ। १६ मार्च २००४ मा पाकिस्तानको रावलपिंडीमा भएको खेलमा पाकिस्तान टिमले ३२९ रन बनाएर खेल जितेको थियो। त्यस्तै १८ मार्च २०१२ मा बंगलादेशको ढाकामा ३२९ रनको लक्ष्य प्रस्तुत गर्दा समेत पाकिस्तानले खेल हारेको थियो। 

३३८ रनको लक्ष्य पेश गरेको खेलमा समेत पाकिस्तानले जित हासिल गरेको छ। पाकिस्तानले १८० रनको फराकिलो अन्तरले पराजित गर्दै अर्को इतिहास रच्न सफल भएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved