नेपाललाई हराएको युएईले फाइनल पनि जित्यो, एशिया कप खेल्ने पक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2024 | 07:40:04 PM मा प्रकाशित

laxmi  sunrise bank

एसीसी प्रिमियर कपको उपाधि युएईले जितेको छ । आज भएको फाइनल खेलमा युएईले घरेलु टोली ओमानलाई ५५ रनले पराजित गर्दै उपाधि जितेको हो 

फाइनल खेलमा पहिले ब्याटिंग गर्दै युएईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०४ रन बनाएको थियो। खेलमा युएईका कप्तान मोहम्मद उजिमले ५६ बलमा १०० रन बनाएका थिए ।

२०५ रनको लक्ष्य लिएर मैदान उत्रेको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४९ रन मात्र बनाउन सक्यो । उपाधि जितेसंगै युएईले एसिया कपमा स्थान पक्का गरेको छ । आगामी एशिया कप २०२५ मा हुने छ ।

 सेमिफाइनलमा नेपाललाई पराजित गरेर युएई फाइनल पुगेको थियो भने ओमानले हंगकंगलाई हराएर फाइनल पुगेको थियो । नेपालले भने तेस्री स्थानको लागि भएको खेल पनि हारेर चौथो हुँदै एसीसी इमर्जिंग एशिया कप खेल्ने अवसर पनि गुमाएको छ ।

यस अघिको संस्करणको प्रिमियर कपको उपाधि भने नेपालले जितेको थियो । नेपालले युएईलाई हराएर फाइनल जित्दै एशिया कपमा स्थान पक्का गरेको थियो । एशिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने अवसर पाएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved