नेपालसँग क्रिकेट खेल्न आउने वेस्ट इन्डिजको ए टिमको घोषणा भएको छ । वेस्ट इन्डिजले सोमबार १५ सदस्यीय टिम घोषणा गरेको हो।
वेस्ट इन्डिजले रोस्टन चेजको कप्तानी र एलिक एथेन्जको उप कप्तानीमा टिम घोषणा गरेको हो । टिममा किमो पल, फेबियो एलान लगायत वेस्ट इन्डिजको राष्ट्रिय टिमबाट टेस्ट नै खेलिसकेका अनुभवी खेलाडी छन् ।
यस्तो छ वेस्ट इन्डिजको टिम :
Roston Chase (Captain)
Alick Athanaze (Vice-Captain)
Fabian Allen
Kadeem Alleyne
Joshua Bishop
Keacy Carty
Johnson Charles
Mark Deyal
Andre Fletcher
Matthew Forde
Obed McCoy
Gudakesh Motie
Keemo Paul
Oshane Thomas
Hayden Walsh
वेस्ट इन्डिजको ए टिम र नेपालको राष्ट्रिय क्रिकेट टिमबीच टि २० क्रिकेट शृंखला यहि साता नेपालमा सुरु हुँदै छ। नेपाल र वेस्ट इन्डिजको ए टिमबीच काठमाडौँको किर्तिपुर क्रिकेट मैदानमा ५ वटा टि २० खेल हुने भएको हो । खेल तालिका अनुसार सबै खेल दिउँसो १ बजेबाट सुरु हुने छ।
पहिलो खेल वैशाख १५ गते, दोसो खेल वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते, चौथो खेल वैशाख २० गते र पाचौ तथा अन्तिम खेल वैशाख २२ गते हुने छ । नेपालले टि २० विश्वकपको तयारी स्वरुपमा यो प्रतियोगिता खेल्ने भएको हो ।
आगामी जुनमा हुने विश्वकपमा नेपाल समुह डि मा परेको छ । समुह डिमा नेपाल संगै बंगलादेश, साउथ अफ्रीका,श्रीलंका र नेदरल्याण्ड रहेका छन् । यस संगै टि २० विश्वकपमा नेपालले कम्तिमा ३ वटा टेस्ट राष्ट्र सँग खेल्न पाउने छ।
नेपालको पहिलो खेल जुन ५ तारिखमा नेदरल्याण्डसँग हुने छ । त्यस्तै दोस्रो खेलमा नेपालले जुन ११ तारिखमा श्रीलंकासँग खेल्नेछ। तेस्रो खेलमा नेपालले जुन १४ तारिखमा साउथ अफ्रीकासँग खेल्नेछ। चौथो खेलमा नेपालले जुन १६ तारिखमा बंगलादेशसँग खेल्नेछ।
प्रतियोगितामा कुल २० देश सहभागी छन् । २० देशलाई हरेक समुहमा ५ देश रहने गरि ४ समुहमा विभाजन गरिएको छ । राउण्ड रोबिनमा आधारित समुह चरणको खेलपछि हरेक समुहको शिर्ष २ पर्ने टिम सुपर ८ अर्थात् दोस्रो चरणमा प्रवेश गर्ने छन् ।
कुन देश कुन समुहमा ?
समुह ए : क्यानडा, भारत, आयरल्याण्ड, पाकिस्तान, अमेरिका
समुह बि : अष्ट्रेलिया, इंग्ल्यान्ड, नामिबिया, ओमान, स्कटल्याण्ड
समुह सी : अफगानिस्तान, न्युजिल्यान्ड, पीएनजि, युगाण्डा, वेस्टइन्डिज
समुह डि: बंगलादेश, साउथ अफ्रीका, श्रीलंका, नेपाल , नेदरल्याण्ड
आयोजकको हिसाबले अमेरिका र वेस्ट इन्डिजले विश्वकप खेल्ने छन् । त्यस्तै अघिल्लो टि २० विश्वकपको ८ शिर्ष टिम (अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्याण्ड, न्युजील्याण्ड, पाकिस्तान , साउथ अफ्रीका र श्रीलंका) रहेका छन् । त्यस्तै शिर्ष ८ मा नपरेका तर टि २० बरियतामा शिर्ष स्थानमा रहेका हिसाबले अफगानिस्थान र बंगलादेशले पनि विश्वकप खेल्ने छन् । युरोप छनौटबाट आयरल्याण्ड र स्कटल्याण्ड, इस्ट एसिया प्यासिफिक छनौटबाट पीएनजी, अमेरिका छनौटबाट क्यानडा, तथा एशिया छनौटबाट ओमान र नेपाल छनौट भएका छन् । अफ्रीकाबाट नामिबिया र युगाण्डा छनौट भएका छन् । सन् २०२४ को क्रिकेट विश्वकपमा ९ वटा एसोसिएसट राष्ट्र रहने भएका छन्।
नेपालले यस अघि सन् २०१४ मा विश्वकप खेलेको थियो । त्यस समय नेपालले अफगानिस्तान र हंगकंगलाई हराएको थियो भने बंगलादेशसँग पराजित भएको थियो । बंगलादेशसँग समान ४ अंक भए पनि नेटरनरेटमा पछि पर्दै नेपाल दोस्रो चरण प्रवेश गर्न असफल भएको थियो । यस पटक पनि बंगलादेश र नेपाल एकै समुहमा छन् ।