यू- १९ बिश्वकप छनौट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले सिंगापुरलाई ४ विकेटले पराजित गर्दै बिजयी सुरुवात गरेको हो ।
टस जितेर पहिले फिल्डिंग गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै सिंगापुरलाई ७३ रन मै समेट्न सफल भयो । नेपालको उत्कृष्ट बलिंङ्सामु सिंगापुरका ब्याट्सम्यान टिक्न सकेनन र २९ ओभर मै सबै विकेट गुमाएर केवल ७३ रन जोड्न सक्यो ।
सिंगापुरलाई सस्तैमा समेट्न कप्तान सन्दिप लामिछानेले सर्बाधिक ५ विकेट लिए भने शाहव आलमले ३ तथा किशोर महतले २ विकेट लिए ।
७४ रनको झिनो लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा ६ विकेट गुमाएर जित सुनिश्चित गर्यो । उत्कृष्ट बलिंग गरेको नेपालले ब्याटिंगमा राम्रो सुरुवात गर्न सकेन । ओपनर सन्दिप सुनार र आसिफ शेख क्रमसः १ र ४ रनमै आउट भए । तेस्रो नम्बरमा आएका प्रनित थापामगरले सर्बाधिक २३ रन बनाए । त्यस्तै अनिल साहले १९ रन , दिपेन्द्र सिंह ऐरीले २ रन, प्रकाश केसी ६ रन जोडे ।
रोहित कुमार पौडेल ११ रनमा र पवन शरफ ४ रनमा अविजित रहे । पवनले चौका प्रहार गर्दै १९५ बल बाँकी रहदै नेपालको जित सुनिश्चित गरेका थिए ।
नेपालले भोलि मंगलबार मलेशियासंग प्रतिस्पर्धा गर्ने छ ।
प्रतियोगितामा नेपाल सहित, अफगानिस्तान, मलेशिया र सिंगापुर सहभागी छन् । डबल राउण्ड रोबिन लिग आधारणमा हुने यस प्रतियोगोगितामा सबै टिमले आपसमा दुई-दुई खेल खेल्नेछन्। समुहमा शिर्ष स्थानमा रहने टोलीले मुख्य प्रतियोगितामा भाग लिन पाउने छ ।