नेपाल टेलिकमले रिचार्ज गर्नको लागि ब्यबस्थाको सुरुवात गरेको छ । कम्पनीले *412# डायल गरेर रिचार्ज गर्न सकिने जनाएको हो ।
टेलिकमका अनुसार *412# डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देखिन्छ । त्यसपछि त्यहाँ उल्लिखित सेवाहरु नम्बर अनुसार छनौट गरी रिचार्ज गर्न सकिन्छ । यो सुविधाबाट आफ्नो मात्र नभई अन्य जुनसुकै नम्बरमा समेत रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ ।
कम्पनीले उपलब्ध गराएका जीएसएम सेवा, सीडीएमए सेवा, ल्यान्डलाइन फोन सेवा, एफटीटीएच भ्वाइस सेवा, एफटीटीएच डाटा सेवा, एडीएसएल सेवा, वाइम्याक्स सेवा र सिप (SIP) सेवाहरुको रिचार्ज *412# प्रयोग गरी सहज रुपमा गर्न सकिने टेलिकमले जनाएको छ।
त्यस्तै कम्पनीले नयाँ सिम सुचारु गर्न हाल १४१५ मा कल गरी गर्न सकिने ब्यबस्था गरिएकोमा अब भने *1414# डायल गरी गर्न सकिने जनाएको छ ।