क्लिन फिड कार्यन्वयनले भएन कसैलाई फाइदा, समाधान खोज्न कार्यदल गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2020 | 08:51:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा प्रशारण हुने विदेशी च्यानलमा विज्ञापन प्रशारण गर्न नपाइने क्लिन फिड को कार्यन्वयनले सबैलाई नोक्सानी भएको पाइएको छ। कात्तिक ८ गतेदेखि क्लिन फिड कार्यन्वयन भएपछि उपभोक्ताहरुले यसअगाडी हेर्दै आएका च्यानल हेर्न पाएका छैनन् भने अन्य सरोकारवालाहरुले पनि नोक्सानी व्योहोर्नु परेको जनाएका छन्। 

विज्ञापन बिना नै प्रशारण गर्नुपर्ने भएपछि आजका दिनसम्म स्टार, सिएनएन, बिबिसी लगायतका नेटवर्कका च्यानलहरु बन्द छन् भने बिगतको तुलनामा प्रशारण भइरहेका च्यानलहरु पनि गुणस्तरमा खस्किएका छन्। आफुले हेर्न चाहेका च्यानलहरु बन्द भएपनि उपभोक्ताहरुले हिजो जुन मुल्य तिरेका थिए आज पनि सोहि मुल्य तिर्दै आएका छन्। 

हिजोका दिनमा शहरमा मात्र सिमित च्यानलहरु गाउँका दुरदराजबाट पनि हेरेर  विश्वभरका समाचार तथा अवस्थाबारे थाहा पाइरहेका उपभोक्ताहरु क्लिन फिड कार्यन्वयन भएपछि यो सुविधाबाट बन्चित भएका छन्। हिजोका दिनमा शहरहरुमा केन्द्रित बिबिसी, सिएनएन लगायतका च्यानलहरु डीस होम लगायत गाउँ गाउँ पुर्याए पनि क्लिन फिडका कारण आज ति च्यानलहरु बन्द भएका छन्। यसबाट पनि उपभोक्ताहरु नै मारमा परेका छन्। 

क्लिन फिडले फेरियो टिभी हेर्ने शैली, विज्ञापन र राजश्वमा ठुलो धक्का

अर्कोतर्फ विदेशी च्यानलमा विज्ञापन बन्द हुँदा मनग्गे आम्दानी होला भन्ने आशा बोकेका नेपालका टेलिभिजनहरुको पनि अपेक्षा उल्टो दिशामा मोडिएको छ। विदेशी च्यानलमा हिजो बजिरहेका बिज्ञापन अब नेपालकै टेलिभिजनमा बज्नेछ र आम्दानी बढ्नेछ भन्ने अपेक्षामा नेपाल सरकारको नियन्त्रण बाहिर रहेका फेसबुक, ट्वीटर, गुगल लगायतका सामाजिक संजालले धक्का पुर्याएका छन्। 

आफुले भनेका च्यानल नआउँदा मानिसहरुले युट्युब, नेटफिक्स, हट स्टार जस्ता नेपाल सरकारको नियन्त्रण बाहिर रहेका प्ल्यात फर्मबाट आफुले हेर्न चाहेको कार्यक्रम हेरिरहेका छन्। यसले गर्दा हिजो आफुलाई मन पर्ने कार्यक्रम टेलिभिजन मार्फत हेर्दा यदाकदा नेपाली टेलिभिजनको लागि रिमोटका बटन  थिचिन्थे अहिले त्यो पनि बन्द भएको छ। 

हिजो बिदेशी च्यानलमा आउने बिज्ञापनहरु आज बिभिन्न सामाजिक संजाल मार्फत प्रचार तथा प्रसारण हुँदा यसले नेपाली टेलिभिजनवालाहरुलाई पनि क्लिन फिडले नोक्सानी ब्योहोर्न बाध्य तुल्याएको छ। 

नेपाल सरकारको नियन्त्रण बाहिर रहेका नेटफिक्स, हट स्टार जस्ता प्ल्याटफर्म र फेसबुक, ट्वीटर, गुगल,  युट्युब लगायतका सामाजिक संजाल बाट बिदेशी बस्तु तथा सेवाका बिज्ञापन प्रशारण हुँदा नेपालका एड एजेन्सीहरुले पनि हिजो भनेजस्तो व्यवसायको आकार बढाउँन सकेका छैनन्।

त्यस्तै नेपालका च्यानल वितरकहरुले पनि हिजो प्रशारण गर्दै आएका च्यानल दिन नसक्दा एकातर्फ ग्राहकको गुनासो र आलोचना खेपिरहेका छन् भने अर्को तर्फ भनेजस्तो च्यानल नभएपछि केहि ग्राहकले रिचार्ज समेत गर्न छाडेका छन्। अर्को तर्फ क्लिन फिड कार्यन्वयन गरेर च्यानल प्रशारण गर्दा हिजोको तुलनामा विदेशका च्यानल प्रोभाईडरलाई बढी शुल्क तिर्न बाध्य भएका छन्। अहिलेको अवस्थामा केवल तथा डीटिएच मार्फत च्यानल प्रशारण गर्नेहरु पनि नोक्सानी ब्योहोर्न बाध्य भएका छन्। 

च्यानल वितरक, एड एजेन्सी, टेलिभिजन च्यानल लगायतले आम्दानी गुमाउँदा त्यसबाट आर्जन हुने राजश्वमा समेत धक्का लागेको छ। यसले गर्दा राजश्वको दृष्टिकोणले सरकार पनि नोक्सानी ब्योहोर्न बाध्य भएको छ भने अर्को तर्फ सस्तो मुल्यमा सहज रुपमा टेलिभिजन हेर्न पाउने जनताको अधिकार सुनिश्चित गर्न समेत सरकार असफल देखिएको छ। 

यस अघि: 
-क्लिन फिड लागू भएपछि युट्युब बन्यो विकल्प, टेलिभिजनवालाका बदमासी यथावत
-क्लिन फिडको शास्ती: बन्द च्यानल हेर्न महिना कुर्नुपर्ने, टिभी हेराई १०० प्रतिशतले महँगिँदै


कार्यदल गठन 

कात्तिक ८ गतेदेखि कार्यन्वयन भएको क्लिन फिड का कारण सृजना भएको समस्या र समाधानको अध्ययन गर्नलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सह सचिव एवं प्रवक्ता गोकर्णमणि दुवाडीको संयोजकत्वमा कार्यदल गठन गरेको छ।

कार्यदलमा सदस्य सचिवका रुपमा मन्त्रालयका श्रव्य तथा प्रशारण शाखा प्रमुख उपसचिव रामप्रसाद सापकोटा, बिभागबाट सुजित भट्टराई, मन्त्रलायबाट अनिल नेपाल, नेपाल टेलिभिजन, दुर संचार प्राधिकरण तथा नेपाल टेलिकमबाट एक-एक जना (प्रतिनिधिको नाम पठाउन बाँकी), रहेका छन् भने सम्बन्धित व्यवसायीहरुबाट एक-एक जना राखिएको छ। 

कार्यदलमा सम्बन्धित व्यवसायबाट अर्थात डीस होमका प्रबन्ध निर्देशक सुदिप आचार्य, सुबिसु  केवल नेटवर्कका सुधिर पराजुली, वर्ल्डलिंक तथा नेटटिभीका विजय जलान, म्याक्स टिभीका धुर्ब शर्मा, तथा च्यानल वितरक राजेश प्रधान रहेका छन्। 

कार्यदलमा नेपाल टेलिभिजन, दुर संचार प्राधिकरण तथा नेपाल टेलिकमबाट प्रतिनिधि पठाउन बाँकी रहेको र अहिलेसम्म कुनै बैठक नबसेकाले क्लिन फिड बारे के हुदैछ भन्न नसकिने मन्त्रालयले जनाएको छ।  केहि दिनमै पहिलो बैठक बसेर क्लिन फिडको कार्यन्वयनपछि सृजना भएका समस्या र यसको समधानबारे छलफल हुने मन्त्रालयले जनाएको छ। 

क्लिन फिड लागू भएपछि युट्युब बन्यो विकल्प, टेलिभिजनवालाका बदमासी यथावत

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved