नेपालका ९६ प्रतिशत घरपरिवारमा टेलिफोन सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2020 | 12:57:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका ९६ प्रतिशत घरपरिवार टेलिफोन तथा मोवाइल फोन सुविधाको पहुँचमा रहेको पाईएको छ । केन्दीय तथ्यांक विभागले सार्वजनिक गरेको बहुसूचक सर्वेक्षण २०७५÷०७६ को प्रतिवेदन अनुसार प्रत्येक दुईमध्ये एक जना घरपरिवारसँग इन्टरनेटको पहुँच पुगेको पाईएको हो । 

उक्त प्रतिवेदन अनुसार कुल घरपरिवारमध्ये ५१.१ प्रतिशतले कुनै उपकरणबाट इन्टरनेट प्रयोग गर्ने गरेको उल्लेख छ । इन्टरनेट प्रयोगकर्तामध्ये १५ देखि ४९ वर्ष उमेर समूहका महिलामध्ये ७९.३ प्रतिशत महिलासँग आफ्नै मोबाइल फोन रहेको र ९२.४ प्रतिशत महिलाले गत तीन महिनामा मोबाइल प्रयोग गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ । 

जसमध्ये सहरी क्षेत्रका महिलामध्ये ८१.८ प्रतिशत र ग्रामीण क्षेत्रका ७३.६ प्रतिशतसँग आफ्नै मोबाइल रहेको तथ्य प्रतिवेदनमा उल्लेख छ । सहरी क्षेत्रका महिलामध्ये ९३.५ प्रतिशत र ग्रामीण क्षेत्रका ८९.९ प्रतिशतले विगत तीन महिनामा मोबाइल प्रयोग गरेको पाइएको छ ।

यसैगरी १५ देखि ४९ वर्ष उमेर समूहका पुरुषमध्ये ९१.४ प्रतिशतसँग आफ्नै मोबाइल फोन रहेको र तीन महिनामा ९६.८ प्रतिशत पुरुषले मोबाइल प्रयोग गरेको देखिएको छ । यसमध्ये सहरी क्षेत्रका ९३ प्रतिशत र ग्रामीण क्षेत्रका ८७.५ प्रतिशतले आफ्नै मोबाइल फोन प्रयोग गरेको पाइएको छ । विभागले यो सर्वेक्षणमा सबै प्रदेशसहित पाँच हजार ५०१ जना पुरुषलाई सहभागी गराएको थियो ।

आफ्नै मोबाइल रहेका सो उमेर समूहका महिलामध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशका ९१.८ प्रतिशतसँग मोबाइल रहेको पनि सर्वेक्षणले देखाएको छ । सबैभन्दा कम कर्णाली प्रदेशका ७१.८ प्रतिशतसँग मात्र आफ्नो मोबाइल रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले यो समूहका १४ हजार आठ सय पाँच महिलालाई सर्वेक्षणमा सहभागी गराएको थियो । त्यसमध्ये गण्डकी प्रदेशका एक हजार २५७ र कर्णाली प्रदेशका ७९८ जना महिला सहभागी रहेको उल्लेख छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved