प्राधिकरणले तार काट्दा ताप्लेजुङदेखि धनगढीसम्म इन्टरनेट सेवा अवरुद्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2021 | 01:26:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले पोल भाडा नतिरेको भन्दै इन्टरनेट सेवा प्रदायकको तार काट्न सुरु गरेको छ । इन्टरनेटको तार काट्न थालिएपछि धेरै ठाउँमा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

विद्युत प्राधिकरणको भरतपुर सबस्टेसन अगाडि बिजुलीका पोलका टाँगिएका इन्टरनेटका तार हटाइएका छन् । प्राधिकरणले तार काट्दा सिस्टम डाउन भएको स्थानीय इन्टरनेट सेवाप्रदायकहरुले जनाएका छन् । प्राइम नेटवर्कको भरतपुरस्थित मुख्य सर्भरमा जोडिएको तार नै प्राधिकरणले काटिदिएको छ । 

तर, कम्पनीले भने आफूले पैसा तिर्दा पनि तार काटिएको गुनासो गरेको छ । मुख्य सर्भरमा जोडिएको तार नै काटिएपछि चितवनसहित बागलुङ, पर्वत, पोखरा र हेटौँडासम्म कम्पनीको सेवा अवरुद्ध भएको हो । 

ब्रोडलिङ्क र वेबसर्फरको तार पनि काटिएको छ ।

इन्टरनेट सेवाप्रदायक संघ नेपालका अध्यक्ष सुधीर पराजुलीका अनुसार पूर्वको ताप्लेजुङदेखि पश्चिम धनगढीसम्मका स्थानमा इन्टरनेटको तार काटिएको छ । उनले प्राधिकरणले दम्भ नरोकेसम्म अवरुद्ध इन्टरनेट सेवा सुचारु गर्न नसकिने बताए ।

चितवनमा इन्टरनेट मात्र नभई टेलिभिजनको प्रसारण समेत बन्द भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved