इन्टरनेटको तार काट्ने विद्युत प्राधिकरणलाई कारबाही गर्न दूरसञ्चार प्राधिकरणको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2021 | 04:57:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नेपाल दूरसञ्चार प्रधिकरणले विद्युत प्राधिकरणले इन्टरनेटको तार काटेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले घटनामा संलग्नलाई कारबाहीको माग पनि गरेको छ । 

विद्युत प्राधिकरणले इन्टरनेट सेवा नै अवरुद्ध हुने गरी विराटनगर, भरतपुर, बुटवल, धादिङ, ताप्लेजुङ, धनगढी र काठमाडौँकै पनि केही स्थानमा इन्टरनेटको तार काटेपछि दूरसञ्चार प्राधिकरणले आपत्ति जनाएको हो । 

इन्टरनेट सेवा प्रदायकले पोल भाडा नतिरेको भन्दै विद्युत प्राधिकरणले इन्टरनेटको तार काट्न थालेको हो । 

‘विद्युत प्राधिकरणबाट देशका विभिन्न स्थानमा जथाभावी ढंगले अप्टिकल फाइबर काट्दा देशका धेरै स्थानहरूमा इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको प्रति यस प्राधिकरणको गम्भीर ध्यानाकर्षण हुन पुगेको छ,’ दूरसञ्चार प्राधिकरणले भनेको छ, ‘इन्टरनेट सेवा प्रदायक संघ नेपाल र विद्युत प्राधिकरणबीच पोल भाडा दर विवाद समाधानका लागि सञ्चार तथा सूचना मन्त्रालय, यस प्राधिकरण, विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघ नेपालबीच छलफल गरी विवाद समाधान गर्न प्रयास भइरहेको अवस्थामा अनायास अप्टिकल फाइबर काटियो । 

‘अति आवश्यक सेवाको अवरुद्ध गर्ने जोकोहीलाई कानुनी कारवाही गर्न र यस्ता पूर्वाधारको सुरक्षा गर्न सम्बन्धित सबैलाई अनुरोध गर्दछौँ,’ प्राधिकरणले एक सूचना जारी गर्दै भनेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved