टेरामोक्स निर्माताले भन्यो 'यसमा फोन ट्यापीङ छैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2023 | 07:34:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दूरसञ्‍चार प्राधिकरणले ल्याउन खोजेको टेरामोक्स प्रविधिबारे बजारमा विभिन्न टिकाटिप्पणी भएपछि प्रविधि निर्माता कम्पनीले यसबारे प्रष्ट पारेको छ। यस प्रविधिको प्राविधिक पाटो बुझाउन टेरामोक्स प्रविधि निर्माता कम्पनी भेनराइज सोलुसन्सका प्रतिनिधि मोहम्मद हार्भले नेपाल आएका हुन्। 

लेबनानका नागरिक हार्भले यस प्रविधि के हो, कसरी काम गर्छ , र के के विशेषता छन् भन्नेबारे प्रस्तुति दिएका हुन् । प्रस्तुतिको क्रममा उनले यस प्रविधिमा कहिँ कतै पनि फोन ट्यापीङ अर्थात् फोन रेकर्डको व्यवस्था नरहेको प्रष्ट पारे ।  फोन ट्यापीङको लागि आवश्यक पर्ने उपकरणहरु नै यसमा सामेल नरहेको उनले बताए।

उनका अनुसार यो प्राधिकरणले सेवा प्रदायकलाई निगरानी गर्नको लागि तयार पारिएको प्रविधि हो। सेवा प्रदायकले पठाएका सूचना यस प्रविधि मार्फत प्राधिकरण समक्ष आउने उनले बताए। सेवा प्रदायकले कल रेकर्ड तथा व्यक्तिगत गोपनियता सम्बन्धी सूचना नै नपठाउने भएकोले यस प्रविधि मार्फत कल ट्यापीङ नै नहुने उनले प्रष्ट पारे । 

मूल्यका विषयमा आएका जिज्ञासालाई पनि सम्बोधन गर्दै निर्माता कम्पनीका प्राविधिक हार्भले यो कम्प्युटर मात्र नभई विभिन्न सफ्टवेयर र हार्डवेयर सहितको एउटा पूर्ण प्रविधि भएकोले कम्प्युटरको मूल्यको तुलना गर्न नमिल्ने बताए । 

टेरामोक्स भनेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रण्ड कन्ट्रोल सिस्टम हो । दूरसञ्चार सेवालाई विश्वासिलो, गुणस्तरीय र भरपर्दो बनाउने उद्देश्यले नेपाल दूरसञ्चार प्राधिकरणले यो प्रविधि कार्यान्वयन गर्ने प्रस्ताव गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved