टेरामोक्स रोक्न शक्तिकेन्द्रहरु नै सक्रिय, करोडौं कमिसन रोकिने डरले 'फोन ट्यापिंङ' को आरोप

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 09, 2023 | 12:44:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दुरसंचार प्राधिकरणले कार्यन्वयनमा ल्याउन लागेको टेरामोक्स प्रविधि असफल बनाउन ठुलो चलखेल भएको पाइएको छ। सेवाको गुणस्तर र आर्थिक पारदर्शिता कायम गर्ने उदेश्यले ल्याइएको टेरामोक्स प्रविधिलाई 'फोन ट्यापिंङ' को अस्त्र फालेर असफल बनाउन लागिएको बताईएको छ। 

'सेवा प्रदायकले जस्तो जानकारी दियो, जति हिसाब किताब देखायो, त्यसमा नै भर परेर उनीहरुको सबै कुरा प्रमाणित गर्दिनुपरेको छ' टेरामोक्स प्रविधिबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष पुरुस्सोत्तम खनालको यो प्रतिक्रियाले पनि टेलिफोन तथा इन्टरनेट सेवा प्रदायकको वास्तविक अवस्था उजागर गरेको छ।  

टेरामोक्स कार्यन्वयनमा आउँदा एनसेल र नेपाल टेलिकम जस्ता टेलिफोन तथा इन्टरनेट सेवा प्रदायकहरुले ग्राहकलाई दिने सेवाको गुणस्तरबारे तथा उनीहरुको वास्तविक आर्थिक अवस्थाबारे नियामक नेपाल दुरसंचार प्राधिकरणलाई रियल टाइममा थाहा हुने भएपछि अहिले यसलाई पूर्ण असफल बनाउन लागिएको दाबि गरिएको छ। 

कुन सेवा प्रदायकले नेपाल तथा बाहिर ग्राहकलाई कस्तो सेवा दिएर कति पैसा लिएको छ भन्नेबारे यकिन जानकारी हुने प्रविधि नेपाल सरकारसँग छैन। त्यतिमात्र नभई, एनसेल, नेपाल टेलिकम जस्ता सँस्थाले ग्राहकलाई सेवा दिएर वर्षमा कति आम्दानी गरे भन्ने यकिन जानकारी हुने प्रविधि पनि नेपाल सरकारसँग छैन। 

टेरामोक्स प्रविधिका कारण ग्राहकले लिएको सेवाको गुणस्तरबारे पनि सरकारलाई जानकारी हुने र सेवा प्रदायकको वास्तविक हिसाब किताब पनि सरकारलाई जानकारी हुने भएपछि टेलिफोन तथा इन्टरनेट व्यवसायबाट अरबौं कमाई गर्ने गिरोह अहिले यो प्रविधि असफल बनाउन लागेको आरोप लागेको हो। 

स्रोतकाअनुसार सेवाको गुणस्तर भन्दा आर्थिक पारदर्शिताको कारणले टेरामोक्स प्रविधिलाई असफल बनाउनलाई ठुलै चलखेल भएको हो। फोन र इन्टरनेटको प्रयोग बढिरहँदा पनि पछिल्लो ५ वर्षमा टेलिफोन सेवा प्रदायकको आम्दानी २५ अर्बले घट्नुले वास्तविक आम्दानी लुकाउने गिरोह बढी नै सकृय रहेको देखिन्छ। 

वास्तविक आम्दानी धेरै तरिकाले लुकाइएको छ। नेपाल टेलिकम तथा एनसेललाई विदेशबाट आउने फोन कल र त्यसबाट प्राप्त हुने वास्तविक आम्दानीको यकिन तथ्यांक सरकारसँग छैन। फोन कल र त्यसको वास्तविक आम्दानी थाहा नहुँदा नेपाल सरकारले वर्षेनी अरबौं राजश्व गुमाउन बाध्य भएको छ। यहि गुमेको राजश्वको पैसा सेवा प्रदायक कम्पनी भित्रकै कर्मचारी मार्फत शक्ति र सत्तामा रहेका व्यक्तिहरुमा पनि पुग्ने भएकाले अहिले टेरामक्स प्रविधि पूर्ण रुपमा असफल बनाउन लागिएको स्रोतको दाबी छ। 

"नेपाल टेलिकमकै कर्मचारी पनि वर्षौदेखि यो धन्दामा सकृय छन्, विदेशबाट आउने वास्तविक फोन कल र त्यसको आम्दानी लुकाएर यसबाट कर्मचारी तहबाटै गम्भीर आर्थिक अपराध भएको छ, यो रोग टेलिकममा मात्रै नभई एनसेलमा पनि छ, नेपाल आउने फोन कल मलेसिया वा अन्तै डाइभर्ट गरेर आम्दानी लुकाईएको छ।" स्रोत भन्छ, "आम्दानी लुकाउनु भनेको नै राजश्व छल्नु हो, यसरी छलेको राजश्वको हिस्साको पैसा देश बनाउछु भन्ने भिआइपी हरुकै घर घरमा पुग्ने भएकाले अहिले टेरामक्स प्रविधिमा  चौतर्फी आक्रमण भएको हो।"

स्रोत अगाडी भन्छ, "होइन भने ग्राहकले गुणस्तरीय सेवा पाए नपाएको यकिन गरेर सेवा प्रदायकलाई आवश्यक निर्देशन तथा कारबाही गरिँदा वा फोन र इन्टरनेटबाट सेवा प्रदायकलाई हुने वास्तविक फाइदा थाहा लिएर त्यसबाट राजश्व उठाउन खोज्दा बिरोध किन गर्नु पर्यो ?"

नेपाल टेलिकम र एनसेलसँग  फोन ट्यापिङ को सुविधा अहिलेपनि छ। राज्यको सम्बन्धित निकायले चाहेको अवस्थामा अहिलेपनि फोन ट्यापिङ को सुविधा सम्बन्धित सेवा प्रदायकबाटै लिन सक्छ। फोन ट्यापिङ को हल्ला छुटेर यो प्रविधि असफल बनाउन लागिएको हो।  नेपाल दुरसंचार प्राधिकरण र टेरामक्स प्रविधि निर्माता कम्पनीले  टेरामक्स प्रविधिमा फोन ट्यापिङ हुने कुनै प्रणाली नै जडान छैन भनेर सार्वजनिक रुपमा नै भन्दा पनि फोन ट्यापिङ छैन भन्दा पनि सकेको शक्ति प्रयोग गरेर दुस्प्रचार गरिनु आवश्यक नभएको स्रोतको भनाई छ।

यस अघि : 

टेलिफोनमा अरबौंको ठगि रोक्न टेरामोक्स ल्याएका हौँ, जनताको फोन ट्याप गर्न होइन : अध्यक्ष खनाल

टेरामोक्स निर्माताले भन्यो 'यसमा फोन ट्यापीङ छैन'

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved