युटीएलसहित ३ संस्थाको लाइसेन्स खारेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2023 | 08:50:44 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (युटीएल) सहित ३ वटा दूरसञ्चार सेवा प्रदायकको इन्टरनेट सेवाको लाईसेन्स खारेज गरेको छ। अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र नवीकरण बापतको दस्तुर दाखिला गरी अनुमतिपत्र नवीकरणको लागि निवेदन पेस नगरेकाले लाईसेन्स खारेज गरिएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले युटीएल सहित म्याक्स नेट सोलुसन प्राली र चितवन नेटवर्क प्रालीको पनि लाईसेन्स खारेज गरेको छ। प्राधिकरणले यी तिनै कम्पनीको इमेल सहित इन्टरनेटको लाईसेन्स खारेज गरेको हो ।

यी सेवा प्रदायकहरूले अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र नवीकरण बापतको दस्तुर दाखिला गरी अनुमतिपत्र नवीकरणको लागि निवेदन पेस नगरेकाले निजहरूको अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम स्वतः खारेज हुन गएको प्राधिकरणले उल्लेख गरेको छ । 

 साथै उक्त संस्थाहरूले नियमानुसार तिर्न / बुझाउन पर्ने रकम / दस्तुर तथा विवरणहरू यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र प्राधिकरणको कार्यालयमा सम्पर्क गरी तिर्न / बुझाउन हुन अन्यथा प्रचलित कानून अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved