अर्थ समितिले एनसेलका सीइओलाई पठायो पत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2023 | 07:00:44 PM मा प्रकाशित

laxmi  sunrise bank

 प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिले बैठकको निर्णय अनुसार एनसेल आजियाटा कम्पनीको प्रमुख कार्यकारी अधिकृतलाई पत्र पठाएको छ । समितिको मङ्सिर २० गते बसेको बैठकले एनसेल आजियाटाका प्रमुख कार्यकारीलाई अर्थ समितिमा बोलाई वृहत छलफल गर्ने निर्णय गरेको थियो ।

सोहि निर्णय कार्यान्वयन गर्ने क्रममा इमेलको जवाफ नपाएपछि समितिले पत्र नै पठाएको हो । समिति सभापति सन्तोष चालिसेले  मलेसियाको नेपाली राजदूतावासमार्फत पत्राचार गरिएको बताए । 

पत्रमा एनसेलको शेयर खरिद बिक्रीको सम्पुअर्ण सक्कल कागजात सहित उपस्थित हुन भनिएको बताईएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved