दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालद्वारा राजीनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2024 | 12:53:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिएका छन् । खनालले भोली बुधबारबाट लागू हुने गरी राजीनामा बुझाएका हुन् ।

स्रोतका अनुसार मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा समक्ष उनले राजीनामा बुझाएका हुन् । 

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको खनाललाई २०७६ साउन ६ गते ५ वर्षका लागि प्राधिकरणको अध्यक्ष पदमा नियुक्त गरेको थियो । उनको कार्यकाल आगामी साउन ६ गतेसम्म बाँकी थियो । तर, कार्यकाल बाँकी छँदै खनालले पदबाट राजीनामा दिएका हुन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved