पर्यटन बोर्डका सीईओ रेग्मीलाई निलम्बन नगर्न सर्वोच्चको अन्तरिम आदेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2021 | 05:09:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीलाई निलम्बन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न नगराउन पर्यटन बोर्ड र पर्यटन मन्त्रालय लगायतका विपक्षीको नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो।

अदालतले यस विषयमा कारण देखाउ आदेश समेत जारि गरेको छ  । साथै अदालतले  दुवै पक्षलाई माघ ३ गते छलफलका लागि बोलाएको छ । 

सरकारले उनी माथि छानविन गर्न छानविन समिति गठन गरेसंगै रेग्मी स्वत निलम्बनमा परेका थिए ।  रेग्मीमाथि लागेका आरोप छानबिन गर्न बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।  

निलम्बन विरुद्द रेग्मी अदालत गएका थिए  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved