
 2mb (1).gif)
सुदूरपश्चिम प्रदेश सरकारले ठुला होटल, रिसोर्ट, केवलकार जस्ता पर्यटकीय उद्योगहरुलाई बैंक ऋणमा ब्याज अनुदान दिने भएको छ । प्रदेशको उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले पर्यटकीय उद्योगहरुलाई बैंक ऋणमा ब्याज अनुदानको लागि उद्योगबाट प्रस्ताव माग गरेको हो ।
निर्देशनालयले प्रदेशस्थित घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भई संचालनमा रहेका तथा कार्यक्रम कार्यान्वयन कार्यविधि बमोजिम योग्यता पुगेका वा शर्तहरु पुरा गरेका उद्यमीहरुले आवश्यक कागजात संलग्न राखी १५ दिन भित्र आवेदन दिन आग्रह गरेको छ । प्रस्तावकले पेश गर्नुपर्ने कागजात तथा निवेदनको ढाँचा निर्देशनालयको वेबसाईट diccw.sudurpashchim.gov.np बाट डाउनलोड गरी प्रस्ताव पेश गर्न निर्देशनालयले आग्रह गरेको हो ।
यस्ता छन् प्रस्तावकले पेश गर्नुपर्ने कागजातहरू:
१. नागरिकताको प्रमाणपत्र, उद्योग दर्ताको प्रमाण पत्र, नवीकरण, स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि कर प्रमाण पत्र र आ.व. २०७८/७९ को कर चुक्ता प्रमाणपत्र ।
२. उद्योग सञ्चालनमा रहेको भवन वा जग्गाको स्वामित्व आफ्नै भएमा जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि, एकाघरको परिवारको सदस्यको भएमा घरधनी र उद्यमी बीचको नाता खुल्ने कागजात साथ दुवैको नागरिकताको प्रतिलिपी र भाडामा लिएको भएमा कम्तिमा पाँच वर्ष सम्झौता अवधि रहेको सम्झौतापत्रको प्रतिलिपि साथै जग्गाधनीको नागरिकताको प्रमाणपत्र र जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी ।
३. स्थानीय तहको सिफारिस पत्र ।
४. उद्योगको गत २ आ.व. को लेखापरीक्षण प्रतिवेदन |
५. प्रस्तावित जनशक्तिको शैक्षिक योग्यता एवं उद्योगसंग सम्बन्धित कुनै तालिम वा अनुभव लिएको भएमा सोको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी ।
६. व्याज अनुदानका लागि बैङ्कबाट ऋण लिएको र ब्याजको दर खुल्ने कागजातहरु ।
७. ऋणी र बैंकबीच भएको सम्झौतापत्र तथा ऋणीले बैंकबाट लिएको ऋणको हुन आउने वार्षिक व्याज रकम सम्बन्धमा खुलाएको कागज तथा बैंक स्टेटमेण्ट |
८. प्रस्तावकले कार्यक्रम कार्यान्वयन कार्यविधिको अनुसूची ४ मा उल्लिखित आधारहरु खुलाएको प्रस्ताव पेश गर्नुपर्नेछ ।