नेपालमा बंगलादेशी पर्यटक ल्याउन होटल संघको टोली बंगलादेश प्रस्थान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2023 | 11:51:06 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा बंगलादेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ होटल संघ नेपालको टोलि बंगलादेश प्रस्थान गरेको छ । बंगलादेशी  पर्यटकहरुको नेपालप्रति बढ्दो आकर्षण रहेको र त्यहाँका जनतासामु व्यापक प्रचारप्रसारका लागि संघका अध्यक्ष विनायक शाहको नेतृत्वमा २४ सदस्यीय होटल व्यवसायीको टोली बंगलादेश प्रस्थान गरेको हो । 

होटल संघ नेपालले नेपाल पर्यटन बोर्ड र नेपाली दूतावास बंगलादेशसँगको सहकार्यमा भम्रण तय गरेको हो। संघका अनुसार जुन २१ का लागि बंगलादेशको ढाकामा तय गरिएको कार्यक्रममा बंगलादेशका छुट्टाछुट्टै सहरका प्रतिष्ठित पर्यटन व्यवसायी, टूर अपरेटर तथा बंगलादेशी सरकारी विशिष्ट अधिकारी, बंगलादेशका लागि नेपाली राजदूत र पत्रकारहरुको उपस्थितिमा भव्य पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम तथा बीटुबी कार्यक्रम गरी विशेष रात्रिभोजको पनि आयोजना गरिएको छ । बंगलादेशमा आयोजना हुन लागेको यस कार्यक्रमले उक्त मुलुक र त्यस क्षेत्रबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा वृद्धि गर्न सकिने विश्वास संघले लिएको जनाएको छ ।

साथै उक्त अवसरमा होटल संघ नेपाल र बंगलादेश इन्टरनेसनल होटल एसोसिएसनसँग दुई देशबीच पर्यटन प्रवद्र्धन, तालिम तथा होटल क्षेत्रमा भएका अभ्यासहरुको आदान प्रदानका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको पनि संघले जानकारी दिएको छ। संघका अनुसार  बंगलादेशका सरकारी प्रतिनिधि तथा पर्यटनसँग सम्वद्ध निकायहरुसँग भेटघाट गरी द्विपक्षीय पर्यटन अभिवृद्धि गर्न र बंगलादेशी पर्टकको नेपाल आगमन बढाउन उक्त कार्यक्रम आयोजना गरिएको हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved