द क्लिफमा ८४ वर्षीय क्यानडियन नागरिकले गरे बञ्जी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2023 | 03:31:49 PM मा प्रकाशित

laxmi  sunrise bank

एड्भेन्चर हब 'द क्लिफ'मा ८४ वर्षीय क्यानडिएन नागरिक मिसेल जुत्रासले बञ्जी गरेका छन् । उनले पटक बञ्जी तथा स्विङका साथै स्काई साइक्लिङ, स्काई ग्लाइडिङ लगायत अन्य साहसिक खेलहरूको मज्जा लिएको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।

८४ वर्षीय मिसेलले बञ्जी गरि क्लिफमा सबैभन्दा बढी उमेर समूह अन्तरगर्तका  रेकर्ड कायम गरेका छन् ।  यस अघि ६६ वर्षीय विदेशी महिलाले क्लिफमा बञ्जी गरेकी थिइन् । बञ्जीपछि निकै उत्साहित रहेका क्यानडिएन नागरिक मिसेलले क्लिफमा आफूले निक्कै मज्जा लिएको बताए ।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथी पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ ।

बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो ब्यवसायिक स्काइ साइक्लिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सञ्चालनमा छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved