नयाँ गाँउ रिसोर्टको तिहार अफर, ३५०० रूपैयाँमा कपलका लागि ‘फूलबोर्ड प्याकेज’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2023 | 08:25:51 PM मा प्रकाशित

laxmi  sunrise bank

 पोखराको सारङकोटस्थित नयाँ गाउँ रिसोर्टले विशेष  अफर ल्याएको छ । रिसोर्टले नेपालीको दोस्रो ठूलो महान चाड तिहारलाई लक्षित गर्दै आकर्षक प्याकेजसहितको छुट अफर ल्याएको हो ।

उक्त अफर अन्तर्गत जोडीका लागि ३ हजार ५०० रूपैयाँमै डिनर, ब्रेकफास्ट र नाइटस्टे प्याकेज ल्याएको छ । एक व्यक्तिका लागि भने २ हजार ५०० रुपैयाँमा उक्त प्याकेज पाइने छ ।  त्यस्तै, रिसोर्टमा नाइटस्टे गर्ने गेस्टहरूका लागि विभिन्न एड्भेन्चर एक्टिभिटीमा ५० प्रतिशत भन्दा धेरै छुट दिनेछ ।

उक्त रिसोर्टबाट साराङकोटको प्राकृतिक सौन्दर्यसहित मनमोहक हिमश्रृंखला, फेवाताल, पोखरा उपत्यका, फेवाताल लगायतको दृश्यावलोकन गर्न सकिन्छ ।

करिब २०० रोपनी क्षेत्रफलमा फैलियको रिसोर्टमा एग्रो टुरिजम तथा एड्भेन्चर गतिविधिको आनन्द लिन सकिन्छ । अग्र्यानिक खानाको साथै रिसोर्टमै पालेको कालिज, लोकल कुखुरा, खसीबोका, खरायो लगायतको मासुबाट बनेको उत्कृष्ट परिकार पाइन्छ । साथै, स्थानीय गाईभैँसीको दही, घिउ, महीको स्वाद लिन सकिने छ भने रिसोर्टको फर्ममै उत्पादन भएको मह समेत खान सकिन्छ ।

 ९ वटा छुट्टा छुट्टै भिल्ला, रेस्टुरेन्ट, टी–हाउस रहेको रिसोर्टमा ५० जनासम्म सजिलै बास बस्न सकिनेछ । रिसोर्टको अन्य आकर्षणको रूपमा सिंगल स्वीङ, एरोप्लेन स्वीङ, स्काईट्री वाक, रेन्बो ब्रिज जस्ता एड्भेन्चर कार्य गर्न सकिन्छ । बालबालिकाका लागि छुट्टै चिल्ड्रेन पार्क समेत रहेको उक्त रिसोर्टमा प्राकृतिक रूपमा बनेको एड्भेन्चर गुफा, बाघको ओडार लगायत अवलोकन गर्न सकिन्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved