नगरकोटमा नेपालकै लामो जीपलाईन सञ्चालनमा आएको छ । करिब ५ करोड लगानीमा नगरकोट जीपलाईन प्रा.लि. ले निर्माण एशियाकै दोस्रो र नेपालकै पहिलो लामो जीपलाइन निर्माण गरेको हो ।
शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले रिबन काटेर उक्त जीपलाइनको उद्घाटन गरेका हुन्। मन्त्री किरातीले विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण क्षेत्रमा जीपलाईन सञ्चालनमा आउनु सुखद भएको बताएका छन् ।
जीपलाईन चाँगुनारायण नगरपालिकास्थित वडा नं. ६ र ७ को भूभागमा २ हजार २५० मिटर लामो छ ।
जीपलाइनका सञ्चालक केदार थापाले सूर्योदय र सूर्यास्त हेर्न नगरकोट पुग्ने पर्यटकलाई थप नयाँ गन्तव्यका रूपमा जीपलाईन सञ्चालन गरिएको बताए । यो जीपलाइन खेल्न नेपालीका लागि प्रतिव्यक्ति ४ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । विदेशीका लागि प्रति व्यक्ति ५० डलर तोकिएको छ ।
थापा धुलिखेल जीपलाईनका समेत सञ्चालक हुन् ।