पर्यटन बोर्डका नवनियुक्त सदस्यलाई टानको बधाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2024 | 02:20:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्यटन बोर्डका नवनियुक्त बोर्ड कार्यकारी समितिका सदस्यहरुलाई ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान)ले बधाई र कार्यकाल सफलताको शुभकामना दिएको छ । 

टान सचिवालयमा आयोजित कार्यक्रममा पर्यटन बोर्डको सदस्यमा नियुक्त भएका पर्यटन व्यवसायीहरु राम प्रसाद सापकोटा (कमल), ऋषि राम भण्डारी र राजेन्द्र बहादुर लामालाई टानको तर्फबाट बधाई ज्ञापन गरिएको हो । 

टानका अध्यक्ष निलहरि बाँस्तोलाले पर्यटन बोर्डका नवनियुक्त सदस्यहरुलाई टानमा स्वागतसहित उहाँहरुको सफल कार्यकालको लागि शुभकामना प्रदान गरिएको बताएका छन् । उहाँहरुको कार्यकालमा मुलुकको पर्यटन प्रवद्र्धनमा बोर्डका तर्फबाट उल्लेख्य काम हुने अपेक्षा गरिएको बताइएको छ ।

कार्यक्रममा टानका पदाधिकारीसहित कार्यसमितिका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved