‘होमस्टे’ले भरिएको गण्डकी प्रदेश, पाँच वर्षमा तीनसय गाउँ ‘स्मार्ट भिलेज’ बन्दै

बिजपाटी प्रदेश सम्बाददाता

बिजपाटी प्रदेश सम्बाददाता

Mar 10, 2019 | 11:17:27 AM मा प्रकाशित

laxmi  sunrise bank

गण्डकी प्रदेशले होमस्टे प्रवद्र्धन कार्यक्रम सुरु गरेको छ । चालू आर्थिक वर् भित्रमा प्रदेशभित्रका तीन सय गाउँलाई  पर्यटकीय गाउँ बनाउने योजनाअनुरूप पहिलो चरणमा १ सय ९० गाउँ छनौटमा परेका छन् ।

होमस्टे सञ्चालनका लागि प्रदेशका ११ जिल्लाबाट दुई सय २८ गाउँले निवेदन दिएका थिए । त्यसमध्ये आवश्यक मापदण्ड पूरा गरेका १ सय ९० गाउँलाई सरकारले छनौट गरेको हो । छनौटमा नपरेका ३८ गाउँलाई पनि आवश्यक प्रक्रिया पूरा गरेपछि अनुमति दिइने जानाइएको छ ।

प्रदेश सरकराले प्रदेशभित्रका ८५ स्थानीय तहबाट एक/एक गाउँ छनोट गरी नमुना पर्यटकीय गाउँका रूपमा विकास गर्न लागेको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जानकारी दिए ।

पर्यटकीय गाउँ बनाउने योजनाका लागी सरकारले चालू आर्थिक वर्षको बजेटमा ३० करोड रुपैयाँ विनियोजन गरेको छ । छानिएका प्रत्येक गाउँले १०/१० लाख अनुदान पाउनेछन् । सो रकम गाउँमा खानेपानी, विद्युत्, इन्टरनेट सेवा, सामुदायिक भवन निर्माणमा खर्च गनुपर्ने छ । छनोटमा परेका प्रत्येक गाउँले पहिलो किस्ताबापत चार लाख अनुदान पाइसकेका छन् ।

होमस्टे सञ्चालनका लागि छनोट भएका गाउँलाई पाँच वर्षभित्र स्मार्ट भिलेज बनाउने सरकारको योजना छ । प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अहिले हामेस्टेका लागी छानिएका गाउँले राम्रो काम गरे ५ वर्षभित्र स्मार्ट भिलेजका रूपमा विकास गर्ने सरकारको योजना रहेको सुनाए ।

पहिलो चरणमा छनोट भएका १ सय ९० होमस्टेमध्ये सबैभन्दा धेरै स्याङ्जा र पर्वतका मात्रै ४२/४२ वटा छन् । सबैभन्दा कम मनाङबाट दुईवटा मात्रै गाउँ छनोटमा परेका छन् । यसैगरी तनहुँमा ३३, कास्कीमा १९, बाग्लुङमा १६, लमजुङमा १४, गोर्खामा ९, नवलपुरमा ६, म्याग्दीमा ४ र मुस्ताङमा ३ वटा होमस्टे छनौटमा परेका छन् । यी होमस्टेले मासिक ५० हजार रुपैयाँ आम्दानी र एक हजारलाई रोजगारी प्रदान गर्ने सरकारको दाबी छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved