वसन्तयाममा सगरमाथा आरोहण गर्न ३५२ आरोहीले लिए अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2024 | 09:16:43 AM मा प्रकाशित

laxmi  sunrise bank

यस वर्षको वसन्त ऋतुको सिजनमा सगरमाथा आरोहणका लागि ३५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ३३ आरोही समूहका ६५ महिला र २८७ पुरुष गरी ३५२ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका हुन् ।

उनीहरु विभिन्न ५५ देशका नागरिक हुन् । 

अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक ४७८ आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिए ।

सगरमाथासहितका विभिन्न २४ हिमाल आरोहण अनुमतिबापत चालु वर्षको हालसम्म ५६ करोड ४० लाख ३१ हजार १८१ रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ । विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार यो सिजनमा ४०० बढी आरोही आउने अनुमान गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved