मनास्लु क्षेत्रमा ९ महिनामा ८ हजार विदेशी पर्यटक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2024 | 02:06:01 PM मा प्रकाशित

laxmi  sunrise bank

गोरखाको मनास्लु क्षेत्रमा ९ महिनामा ८ हजारभन्दा बढी विदेशी पर्यटक घुम्न पुगेका छन् । चालु आर्थिक वर्षको साउन महिनायता मनास्लु क्षेत्रमा ८ हजार ४५४ विदेशी पर्यटक भ्रमणका लागि पुगेका हुन् ।

मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालयका प्रमुख सन्तोष शेरचनका अनुसार चैतमा मात्रै १ हजार ८२८ पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका छन् । मनास्लु क्षेत्र भ्रमण गर्नेमध्ये सार्क राष्ट्रभन्दा बाहिरका पर्यटक बढी रहेका छन् । यो ९ महिनामा मनास्लु क्षेत्रमा पुगेका विदेशी पर्यटकमध्ये सार्क राष्ट्रका जम्मा १५२ जना रहेका छन् भने ८ हजार ३०२ जना अन्य देशका पर्यटक रहेका छन् । 

मनास्लु क्षेत्रमा गएको आर्थिक वर्षमा ७ हजार ७०५ विदेशी पर्यटकले भ्रमण गरेका थिए । 

मनास्लु पदमार्गमा घुम्न पुग्ने पर्यटकले चुम भ्यालीतर्फ सृङ्गी हिमाल, राजेन र मु गुम्बा अवलोकन गर्न पाउनेछन् । नुब्री भ्यालीतर्फ कल्छुमन ताल, विश्वको आठौँ अग्लो मनास्लु हिमाल तथा वीरेन्द्र तालको अवलोकन गर्दै लार्के पास गरेर मनाङ पुग्न सक्नेछन् । 

दुवै क्षेत्रमा हिमचितुवाका साथै नाउर, घोरल, डाँफे, मुनाल र चौँरीसँगको सामिप्यतामा पर्यटक रमाउन पाउने भएकाले मनास्लु क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved