बुलेट यात्राको टोलीलाई रामेछाप काठमाडौँ सिर्जनशील समाजद्वारा स्वागत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2024 | 06:05:10 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ–रामेछाप रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल राइडका यात्रीहरुलाई रामेछापमा भव्य स्वागत गरिएको छ । नयाँ वर्षको अवसर पारेर पर्यटन प्रवद्र्धनका लागि नेपाल बुलेट हाउसले आयोजना गरेको बुलेट राइडमार्फत काठमाडौँदेखि रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिकामा रहेको ताँवे डाँडासम्म पुग्न हिडेका राइडरहरुलाई रामेछाप काठमाडौँ सिर्जनशील समाजले जिल्ला सदरमुकाम मन्थलीमा स्वागत गरेको समाजका जिल्ला अध्यक्ष बिपिन भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार सो क्रममा हरेक यात्रीको १ लाख बराबरको दुर्घटना बीमालेख समेत हस्तान्तरण गरिएको छ । आइजीआई प्रुडेन्शियल इन्स्योरेन्सको मन्थली शाखाले बीमालेख हस्तान्तरण गरेको हो । 

मन्थलीमा स्थानीयहरुले स्वागत गरेपछि राइडर टोलीलाई चिरञ्जिवी डेरीले मोही र लस्सी खुवाएको छ । रामेछापस्थित गायत्री फुड प्रोडक्टले उत्पादन गरेको नरिवल बिस्कुट पनि यात्रीहरुलाई निःशुल्क खुवाइएको छ । 

रोयल इनफिल्ड बाइकका राइडरहरुले नेपाल बुलेट हाउसको अगुवाइमा काठमाडौँदेखि ताँवे डाँडा, दोलखाको जिरी हुँदै काठमाडौं फर्कने रुट तय गरेका छन् । नेपाल बुलेट हाउसका अध्यक्ष रमेश कार्कीले नेपालका उदीयमान पर्यटकीय गन्तव्यको प्रचार गर्न टु ह्विलर यात्रा सुरु गरिएको बताएका छन् । 

यात्रामा ‘आन्तरिक पर्यटन प्रवर्द्धन गरौं’ राइड फर नेसन भन्ने नाराका साथ २२ वटा रोयल इन्फिल्ड मोटरसाइकलमा २७ जनाको सहभागि छन् । आज चैत्र ३० गते काठमाडौँबाट निस्केको राइडरहरुको टोलीले २०८१ वैशाख १ गते रामेछाप जिल्लाको गोकुलगंगा र उमाकुण्ड गाउँपालिका स्थित चर्चित ताँवे डाँडामा विशेष कार्यक्रमका साथ वन भोजको आयोजना गर्नेछ ।

उनीहरु दोलखाको जिरीमा जारी जिरी महोत्सवमा सामेल भइ बैशाख २ गते काठमाडौँ फर्कने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved