नेपाल र इन्डोनेसियाबीच पर्यटक आदानप्रदान हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2019 | 01:26:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र इन्डोनेसियाबीच पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ । दुुई मुलुकबीच पर्यटक आदानप्रदान गर्ने गरी सरकारी तथा निजी क्षेत्रको सक्रियतामा अभियान सुरु गरिएको हो ।

पर्यटकीय गन्तव्यबारे जानकारी दिन इन्डोनेसियाले नेपालीका लागि ‘परिचयात्मक यात्रा’ नामक अभियानअन्तर्गत पर्यटकीय गन्तव्य चिनाउने कार्यक्रम गरेको छ । इन्डोनेसियाको पर्यटन मन्त्रालयको सहयोग र इन्डोनेसियन दूतावास ढाकाको संयोजनमा सम्पन्न यात्रामा नौ जना नेपाली सहभागी थिए । आइएमई ग्रुपले प्रवद्र्धन गरेको आइएमई ट्राभल्सको समन्वयमा नेपालका पर्यटन व्यवसायी, मिडियाकर्मीसहितको टोलीले इन्डोनेसियाका विभिन्न पर्यटकीय स्थलको अवलोकन गरेका छन् ।

कार्यक्रममा आइएमई ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले इन्डोनेसियाले पर्यटन प्रवद्र्धनमा लिएको अख्तियारी नेपालका लागी पनि उपयुक्त हुने बताए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved