वर्णबास म्युजियम होटलले भन्यो 'महानगरको नक्सा अनुसार नै निर्माणकार्य भईरहेको छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2022 | 05:25:21 PM मा प्रकाशित

laxmi  sunrise bank

बालुवाटारमा निर्माणाधिन 'वर्णबास म्युजियम होटल'ले भवन निर्माण गर्दा महानगरबाट नक्शा पास भए अनुरुप दक्षिणतर्फ टुकुचा खोलाको किनाराबाट ५ देखि ६ मिटर जमिन छोडेर निर्माण गरिएको जनाएको छ । साथै भविष्यमा टुकुचा किनाराबाट विस्तार हुन सक्ने सडकलाई प्रचलित नियमअनुरुप मार्ग प्रशस्त गरिएको समेत स्पष्ट पारेको छ ।

संरचना निर्माणबारे आएका टिप्पणीहरु निराधार रहेको भन्दै होटेलले  निर्माण सुरू गर्नु अगाडि नै प्रारम्भिक वातावरणीय परीक्षा पनि पास गरेको र भवन निर्माण गर्दा नक्शा पास भएअनुरुप नै बनाइएको जनाएको छ। होटलले काठमाडौं महानगरको भवन निर्माणसम्बन्धी नीतिले टुकुचा खोलाको किनाराबाट होटलको जमिनतर्फ ५ मिटर छाड्नुपर्ने वा मध्यभागबाट छाड्नुपर्ने भनेर स्पष्ट नपारे पनि निर्माणाधिन संरचनाको चारैतिर ५.५ मिटर जमिन छाडिएको  विज्ञप्तिमा उल्लेख गरेको छ । काठमाडौं महानगर, नापी विभागबाट पटक-पटक जग्गा नाप्दा पनि त्रुटी नभेटिएको होटलको दाबी छ । 

खोलामा पानीको बहाव बढ्दा हुन सक्ने क्षतिलाई न्यून गर्न पक्की कम्पाउन्ड लगाइएको र सडकलाई आवश्यक पर्ने जमिन पनि खाली गरि कुनै संरचना निर्माण नगरिएको होटेलले जनाएको छ ।

नेपालका विभिन्न जातजाति, भेगहरूको मौलिक परम्परा झल्काउने गरी होटलको निर्माण भइरहेको छ । आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने तयारी भएको होटलको लगानी एक अर्ब १६ करोड रहेको छ ।

हेर्नुस् होटेलले पेश गरेका प्रमाण : 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved