साखः ग्रुपले २ अर्ब लगानीमा होटल बनाउने, हङकङको बोर ग्रुपसँग गर्यो सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2024 | 12:59:17 PM मा प्रकाशित

laxmi  sunrise bank

साखः ग्रुपले कपिलवस्तुमा वेलनेस होटल निर्माण गर्ने भएको छ । यसका लागि साखः ग्रुप र हङकङको बोअर ग्रुपबीच लगानी साझेदार सम्बन्धि सम्झौता भएको छ ।

काठमाडौँमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा १० करोड चिनियाँ युआन (करिब २ अर्ब नेपाली रुपैयाँ) बराबरको लगानी सम्झौता भएको हो । साखः एन्ड कम्पनी प्रा.लि. र हङकङको बोर ग्रुप अफ होटल चाइनाबीच भएको सम्झौतामा उल्लेख भएको उक्त रकम जग्गा बाहेकको हो ।

होटल कपिलवस्तुको गोरूसिंगेमा बनाइनेछ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved