सावाँ ब्याज तिर्ने समय थपिदिन होटेल संघको आग्रह, पुनर्तालिकीकरण र पुनर्कजा सुविधा पनि माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2023 | 09:57:19 AM मा प्रकाशित

laxmi  sunrise bank

होटल संघ नेपालले अर्थमन्त्री डा. प्रकाश शरण महतलाई भेटेर होटेल क्षेत्रको समस्याको बारेमा अवगत गराएको छ । संघकी अध्यक्ष सृजना राणाको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा.  महतलाई ज्ञापनपत्र बुझाउदै  कोभिड १९ बाट अतिप्रभावित होटल तथा पर्यटन उद्योग अझै पनि लयमा आउन नसकेको तथा तथा पर्यटन व्यवसाय पुनरुत्थान हुन नसकी व्यवसायीहरु व्यवसाय बन्द गरी पलायन हुने अवस्थामा पुगेको जानकारी गराएका हुन् ।

अध्यक्ष राणाले कोरोनाको प्रकोप पहिलेको अवस्थामै नभए तापनि क्षमताको तुलनामा पर्यटकको आवागमन तथा गतिविधिको कमीले अझै सञ्चालन खर्च धान्न मुस्किल परेको र दैनिक रुपमा घाटामा संचालनमा रहेको हुँदा देशैभरका होटल व्यवसायीहरुले माग गरेका ज्वलन्त समस्याहरु समाधान गरिदिनु अनुरोध गरेकी छिन् ।

सो अवसरमा संघले  धेरै धनराशी खर्च भई, वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत तथा बढी भन्दा बढी रोजगारी सिर्जना गर्ने होटल उद्योगलाई अन्य उत्पादनमूलक उद्योग सरह आगामी बजेट र कानूनमै राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा समावेश गरी यस उद्योगको जर्गेना गरिदिन माग गरेको छ।

त्यस्तै होटल जस्तो अति संवेदनशील उद्योगमा धान्नै नसकिने गरी अधिक भएको र व्यवसाय सञ्चालन गर्न तथा लगानी आकर्षण गर्न प्रतिकुल देखिएकोले ब्याजलाई घटाएर व्यवसाय सञ्चालनमैत्री बनाइदिन संघले अनुरोध गरेको छ।

होटल उद्योगले हालको अवस्थामा कुनै पनि हालतमा बैंकलाई साँवा र व्याज बुझाउन सक्षम नरहेको तर बैंकबाट सीमाभित्र साँवा ब्याज बुझाउन तीव्र ताकेता रहेकोले देशैभरका होटल व्यगवसायीहरु आन्दोलित रहेको हुँदा तोकिएको समयसीमा बढाई थप सहजिकरणका लागि संघले आग्रह गरेको छ।  

त्यस्तै मौद्रिक नीतिको अब आउने समीक्षामार्फत पुनर्तालिकीकरण र पुनरकर्जा सुविधाबारे  स्पष्ट खुलाउँदै ति सुविधा प्रदान गरी कार्यान्वयनको व्यवस्था मिलाईदिन पनि मन्त्री महतसँग संघले आग्रह गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved