भदौमा ३ अर्बका २ होटेल दर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2023 | 05:58:39 PM मा प्रकाशित

laxmi  sunrise bank

भदौमा २ नयाँ होटल दर्ता भएका छन् । भैरहवा र पोखरामा खुल्ने गरी २ वटा होटेल दर्ता भएका हुन् । उद्योग विभागका अनुसार यी २ होटलले ३ अर्ब रुपैयाँभन्दा बढी लगानी स्वीकृत गराएका छन् । 

नयाँ दर्ता भएका होटलमा भैरहवामा खुल्ने गरी होटल बुद्धस्टार प्रा.लि. छ । सिद्धार्थनगर–८ मा खुल्ने यो होटलमा १ अर्ब ८० करोड चुक्ता पूँजी र ५ करोड ४३ लाख रुपैयाँ चालु पुँजी गरी कुल पूँजी १ अर्ब ८५ करोड ४३ लाख रुपैयाँ हुनेछ । यो सबै लगानी स्वदेशी हुनेछ । 

होटलले १०३ जनालाई रोजगारी दिने जनाएको छ ।

यस्तै, पोखरा महानगरपालिका–३१ मा खुल्ने गरी वाटफोर्ड होटल एन्ड म्यानेजमेन्ट कम्पनी दर्ता भएको छ । यस होटेलमा १ अर्ब १४ करोड ८३ लाख रुपैयाँ चुक्ता पुँजी र २ करोड चालु पूँजी रहने छ । यो पनि शतप्रतिशत स्वदेशी लगानीमा खुल्न लागेको होटल हो । होटल सञ्चालनमा आउँदा ७९ जनाले रोजागरी पाउने उल्लेख छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved