रारामा १ अर्ब १० करोड खर्चेर होटल खोल्दै चन्द्र ढकाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2024 | 12:04:03 PM मा प्रकाशित

laxmi  sunrise bank

आईएमइ समूहले रारा ताल क्षेत्रमा होटल निर्माण गर्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका आईएमइ समूहका अध्यक्ष चन्द्र ढकालले मुगुको रारामा होटल निर्माण गर्ने भएका हुन् ।

रारा तालभन्दा केही माथि पर्ने मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने उक्त होटलको लागत १ अर्ब १० करोड रुपैयाँ अनुमान गरिएको छ । ढकालले गैरआवासीय नेपालीहरुसँगको सहकार्यमा होटल निर्माण गर्न लागेका हुन् ।

होटल गैरआवासीय नेपालीको लगानी रहेको अष्ट्रेलियन कम्पनी र आईएमई ग्रुपको संयुक्त लगानी हुनेछ । 

रारा नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved