माघ २ गते ‘नेपाल सत्कार दिवस' मनाउदै होटेल संघ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2024 | 07:53:35 PM मा प्रकाशित

laxmi  sunrise bank

होटल संघ नेपालले २०८० माघ २ गते मंगलबार काठमाडौंमा आयोजना गर्ने नेपाल सत्कार दिवस (Nepal Hospitality Day 2024 ) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । देशमा पहिलो पटक उत्सवको रुपमा आयोजना हुन लागेको उक्त दिवसमा होटल क्षेत्रको वर्तमान स्थिति, विकासका सम्भावनाहरुका साथै चुनौतीहरु बारे प्रस्तुति रहने बताईएको छ।

  माघ २ गते स्थापना दिवस मनाउन होटल संघ नेपालले आयोजना गरेको उक्त सत्कार दिवसमा Nepal Yearbook 2024 र E- Learning Platform मार्फत दक्ष कामदार उत्पादन सम्बन्धी Online Training Pack को पनि सार्वजनिक हुने संघले जनाएको छ । साथै कार्यक्रममा उल्लेखनीय योगदान पुऱ्याउने विशिष्ट व्यक्तित्वहरु सम्मानित हुने छन्।

सातै प्रदेशका मौलिक रैथाने खाना तथा पेय पदार्थबाट करिब ३ सय देशैभरिका होटल स्वसायीहरु लगायत स्वदेशी तथा विदेशी पाहुनाहरुलाई सत्कार गरिने संघले जनाएको छ |

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved