भैरहवामा खुल्यो चारतारे होटल ‘ल्याण्डमार्क’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2024 | 09:27:43 AM मा प्रकाशित

laxmi  sunrise bank

रुपन्देहीको भैरहवामा चारतारे होटल ल्याण्डमार्क सञ्चालनमा आएको छ । भैरहवाका युवा व्यवसायी आशा गुरुङले १० कठ्ठा क्षेत्रफलमा ५ वर्ष लगाएर तयार गरेको होटेल सञ्चालनमा आएको हो ।

५० करोड लगानीमा बनेको यो हाटेलको व्यवस्थापन सम्राट ग्रुपले सम्हालेको छ । सम्राट ग्रुपले काठमाडौँ, पोखरा र चितवनमा पनि तारे होटल सञ्चालन गरिरहेको छ ।

सम्राट ग्रुपका प्रमुख कार्यकारी अधिकृत सीएन पाण्डेका अनुसार बुद्ध जन्मस्थल लुम्बिनीमा आउने पर्यटकलाई लक्षित गरेर भैरहवाको होटल व्यवस्थापनको जिम्मा लिइएको हो । 

यो होटलमा डिलक्स, सुपर डिलक्स, फेमली र जुनियर स्वीट गरी ५० कोठा छन् । स्वीमिङ पुल र १ सय जना क्षमताको रुफटप बार पनि रहेको छ ।

होटेलका अधिकांश कोठा र शौचालयमा सिँधै सूर्यको किरण पुग्ने गरि भवनको डिजाइन गरिएको छ ।

होटलमा ६ सय र २ सय जना अट्ने पार्टी र सेमिनार हल तथा थप ३० वटा कोठा बनाउने तयारी रहेको छ । यो होटललाई ‘वीडिङ डेष्टिनेशन’का रुपमा विकास गर्न लागिएको छ । 

‘भारतीय ग्राहक आएर आफ्ना आफन्तको बिबाह गर्दा उनीहरुले करोड बढी खर्च गरेर चाहे जस्तो सजावट गर्न सक्ने गरी हङकङका इन्जिनियरबाट इन्टेरियर डिजाइन गरिँदैछ’ सीईओ पाण्डेले भने । 

होटेलमा १ सय जनाले रोजगारी पाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved