जल तथा मौसम विज्ञान विभागले बुधबारबाट नेपालको मौसम बदली हुने जनाएको छ । विभागका अनुसार हाल पूर्वी इरान र अफगानिस्तान माथि रहेको पश्चिमी वायुको प्रणाली पूर्व सर्ने क्रममा रहेको छ। यो प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा बुधबार साँझसम्ममा प्रवेश गर्ने विभागले जनाएको छ ।
मंसीर २५ गते (बुधबार)
दिउँसो: देशको पश्चिमि भु-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही पश्चिमि भु-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ साथै उच्च पहाडि तथा हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम खालको हिमपात हुने तथा बाँकी भू-भागमा आंशिक बदलि रहनेछ।
राती: देशको पश्चिमि भु-भाग लगायत मध्य र पूर्वि पहाडी भू-भागमा सामान्य बदलि रही पश्चिमि भु-भागका थोरै स्थानहरु र मध्य तथा पूर्वका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ पश्चिमि उच्च पहाडि तथा हिमालि भु-भागका केहि स्थानहरुमा र मध्य तथा पूर्वि उच्च पहाडि तथा हिमाली भु-भागका एक दुइ स्थानमा हल्का देखि मध्ययम हिमपात हुने तथा बाँकी भू-भागमा आंशिक बदलि रहनेछ ।
मंसीर २६ गते (विहिबार)
दिउँसो: देश भर सामान्य देखि पूर्ण वदली रही पश्चिम भेगका केहि स्थानहरु र मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमि उच्च पहाडी तथा हिमाली भू-भागहरुमा भारि हिमपात तथा मध्य तथा पूर्वका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ।
राती: देश भर सामान्य देखि पूर्ण वदली रही पश्चिमी भेगका धेरै स्थानहरु र मध्य तथा पूर्वका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । साथै पश्चिमि उच्च पहाडी तथा हिमाली भू-भागहरुमा भारि हिमपात तथा मध्य तथा पूर्वका उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपात हुने संभाबना रहेको छ ।
मंसीर २७ गते (शुक्रबार)
दिउँसो: देश भर सामान्य देखि पूर्ण वदली रही पश्चिम भेगका केहि स्थानहरु र मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमि उच्च पहाडी तथा हिमाली भू-भागहरुमा भारि हिमपात तथा मध्य तथा पूर्वका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ।
राती: देश भर सामान्य देखि पूर्ण वदली रही पश्चिमी भेगका धेरै स्थानहरु र मध्य तथा पूर्वका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । साथै पश्चिमि उच्च पहाडी तथा हिमाली भू-भागहरुमा भारि हिमपात तथा मध्य तथा पूर्वका उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपात हुने संभाबना रहेको छ।