प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार खर्च ५ देखि ६ लाखसम्म हुने बताईएको छ । शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले उपचार खर्च पुरै हिसाब गरि नसके पनि ५ देखि ६ लाख लागेको बताएका हुन् ।
प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपण गरेको १० औं दिन आज शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका हुन् । फागुन १९ गते त्रिवि शिक्षण अस्पताल भर्ना भएका ओलीको २१ गते मिर्गौला प्रत्यारोपण भएको थियो ।
प्रधानमन्त्री डिस्चार्ज हुनुअघि उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल अस्पताल पुगेका थिए ।
प्रधानमन्त्रीकी मिर्गौलादाता भाञ्जी समीक्षा संग्रौला भने बुधबार डिस्चार्ज भएकी थिइन् ।