संयुक्त अरब इमिरेट्स (युएई) मा कोरोना भाइरसबाट संक्रमित नेपालीहरुको संख्या ८ पुगेको छ। यसअघि ६ नेपालीलाई कोरोना संक्रमण भएकोमा युएईको स्वास्थ्य मन्त्रालयले थप २ जना नेपालीमा संक्रमण देखिएको जनाएको हो ।
संक्रमित ८ मध्ये २ जना निको भइसकेका छन् भने बाँकी ६ जनाको उपचार भईरहेको र अवस्था सामान्य रहेको छ।
हालसम्म युएइमा रहेका ६ सय ६४ जनामा संक्रमण देखिएको छ भने मृत्यु हुनेको संख्या ६ पुगेको छ।