प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस बिरुद्दको लडाईमा आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन् । सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने भएकोले थप चनाखो हुन जरूरी भएको बताएका हुन् ।
यस संगै उनले लकडाउन थप लम्बिक संकेत गरेका छन् । प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमण र समुदाय फैलिने क्रम बढ्न सक्ने भएकोले लकडाउन नै उत्तम विकल्प भएको र त्यसलाई सफलरुपमा पालना गर्नुको अर्को विकल्प नभएको बताए । उनले भने 'दुई सातादेखि देश लक डाउनमा छ। हामी सबैलाई थाहा छ यो अपरिहार्य कदम हो '।