नेपालमा कोरोना संक्रमितको संख्या १४ सय नाघेको छ । आज शनिवार विभिन्न जिल्लामा थप १८९ जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १४ सय १ पुगेको हो ।
आज टेकु प्रयोगशालामा गरिएको परिक्षणमा १२४ जना र अन्य विभिन्न स्थानमा गरिएको परिक्षणमा ६५ जनामा संक्रमण पुष्टि भएको हो । यो नेपालमा एकै दिन भेटिएको सबैभन्दा धेरै संख्या हो।
हाल ५३ जिल्लामा संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म २१९ जना डिस्चार्ज भएका छन् ।