सोमबार राजधानीका विभिन्न स्थानमा ७ घण्टा बिजुली आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले कुलेश्वर वितरण केन्द्र अन्तर्गतका स्थानमा एच टी लाइनकाे कन्डक्टर इन्सुलेटेड कन्डक्टरले वदली गर्नु पर्ने भएकाेले विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।
प्राधिकरणका अनुसार सोमबार कुलेश्वर वितरण केन्द्र अन्तर्गतकाे टेकु - थानकाेट तथा टेकु - तहाचल फिडरकाे टेकु सबस्टेशन देखी विष्णुमती खाेला सम्मकाे एच टी लाइनकाे कन्डक्टर इन्सुलेटेड कन्डक्टरले वदली गरिन लागेको हो । यसका कारण उक्त फिडर अन्तर्गत कुलेश्वर, रवी भवन ,लिंक मार्ग, कालिमाटी, तहाचल,टंकेश्वर, चमती, विजेश्वरी, डल्लू लगायतका क्षेत्रहरुमा विहान १० बजेबाट साँझ ५ बजेसम्म बिद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणकी सूचना अधिकारी लिला अर्यालले यी कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुने जनाएकी छिन् ।