पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म उपत्यकामा संक्रमितको संख्या २६७ पुगेको छ। जसमध्ये २८ जना संक्रमित पछिल्लो २४ घण्टामा थपिएका हुन् ।
उपत्यकामा सबैभन्दा धेरै संक्रमित काठमाडौंमा रहेका छन् । काठमाडौंमा संक्रमितको संख्या १७५ छ भने ललितपुरमा ४९ तथा भक्तपुरमा ४३ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार उपत्यकाका संक्रमित मध्ये ७९ जना हालै उद्दार उडानमार्फत विदेशबाट आएकाहरु हुन् । उपत्यकामा संक्रमितको संख्या बढदै गएपनि समुदायमा भने संक्रमण नफैलिएको मन्त्रालयले जनाएको छ ।
हिजोपनि उपत्यकामा ५४ जना संक्रमित थपिएका थिए ।