मंगलबार राति काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प केन्द्रका अनुसार राति ११ बजेर २७ मिनेट जाँदा काठमाडौँको थापाथली आसपास भएर भूकम्प गएको हो ।
भूकम्पको तिब्रता २.७ म्याग्नेच्युड रहेको र यो सानो खालको सामान्य भूकम्प रहेको केन्द्रले जनाएको छ ।