शनिबार काठमाडौँको सडकमा किन निस्कियो जहाज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2020 | 09:18:03 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको सडकमै प्लेन गुडेको छ । शनिवार काठमाडौं एयरपोर्टबाट जहाज सडकमा निस्किएको हो । नेपालमै पहिलो पटक यसरी सडकमै जहाज गुडाईएको हो । 

एयरपोर्टबाट तीनकुने, नयाँ बानेश्वर हुँदै माइतीघर, भद्रकाली, शहीदगेट र जमलबाट नारायणहिटी दरबार लैजानका लागि उक्त जहाजलाई सडकै सडक गुडाईएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । नारायणहिटी दरबार संग्रहालयमा राख्न राजा वीरेन्द्रले २०३१ सालमा राज्याभिषेकका बेलामा प्रयोग गरेको यो जहाजलाई सडकमा हिडाईएको हो । 

तत्कालीन राजाहरुले प्रयोग गरेको सो विमान विमानस्थलमै ग्राउण्डेड थियो । सरकारले यो जहाज नारायणहिटी संग्रहालयको प्रदर्शनीमा राख्ने निर्णय गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved