अईताबार काठमाडौँ उपत्यकाका ७६७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न अस्पतालमा गरीएको स्वाब परीक्षणमा काठमाडौँका ६०२, ललितपुरका ६४ र भक्तपुरमा १०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससंगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६ सय १६ पुगेको छ।
पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै छ । हिजो मात्रै उपत्यकाका ७११ जनामा कोरोना देखिएको थियो ।
मन्त्रालयका अनुसार आज देशभर थप १३ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म ४११ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।